एसईई परीक्षा सुरु

काठमाडौ । यो वर्षको एसईई परीक्षा बिहीबारदेखि देशैभरी आरम्भ भएको छ । पाँच लाख चार हजार चारसय १४ विद्यार्थी सहभागी हुने यो परीक्षा बिहान ८ बजेदेखि सुरु भएको हो । परीक्षाका लागि देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
परीक्षाका लागि ७७ हजार पाँचसय जनशक्ति परिचालन गरिएको छ । परीक्षा चैत २७ गतेसम्म चल्ने र परीक्षा सकिएपछि देशका विभिन्न ६० परीक्षण केन्द्रमा उत्तर पुस्तिका परीक्षण हुने कार्यक्रम रहेको छ ।
बुधबारको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको बोर्डले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *