अन्तराष्ट्रिय पर्यटन अभियान सुरु

काठमाडौ । नेपालमा अन्तराष्ट्रिय पर्यटन अभियान सुरु भएको घोषणा गरिएको छ । नेपाल पर्यटन बोर्ड र युएसएडले नेपालमा पर्यटन अभियान २०२४ सुरु भएको घोषणा गरेको हो । सोमबार राजधानीका एक कार्यक्रमको आयोजना गरी अन्तरािष्ट्रय पर्यटन अभियान सुरु भएको र सामाजिक सञ्जालको अधिकतम प्रयोग गरी नेपालको पर्यटनको सम्भावना र आकर्षणलाई विश्वव्यापी प्रचार गर्ने उेश्यले उक्त अभियान सुरु गरिएको जानकारी कार्यक्रममा दिईएको थियो ।
भिजिट नेपाल २०२० अयिानका संयोजक एवं पर्यटन व्यवसायी सुरज वैधले नेपाल देश सानो भएपनि विश्वका लागि उतकृष्ट गन्तव्य भएको जनाउन्दै अन्तराष्टिय क्षेत्रमा प्रचारप्रसार गर्नुपर्ने बताए भन नेपास्थित अमेरिकी राजदुत डिन आर थम्पसनले नेपालको आकर्षण र विविधतालाई अन्तराष्ट्रिय जगतमा प्रवद्र्धन गर्न अमेरिका तयार रहेको बताएका छन् ।
कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव डा.दिपक काफ्लेले सुरु गरेको अभियानमा सरकारको आवश्यक सहयोग गर्दै विदेशी निकायसँगको हसकार्य आवश्यक रहेको बताएका थिए ।
घोषित कार्यक्रम अभियानमा नेपालको काठमाडौ,इलाम बर्दियालगायतको पर्यटकीय आकर्षण रहेका जिल्लामाहरुमा पर्यटन प्रवद्र्धनका विविध कार्यक्रम बनाएर प्रवद्र्धन गर्ने लक्ष अनुसार काम भैरहेको बताईएको छ । पछिल्लो समयमा नेपालमा पर्यटक भित्रिने क्रम वद्धि हुदै गएको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *