नेपालमा विप्रेषण आय राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण स्रोत बन्दै आएको छ । रोजगारीको खोजीमा विदेशिएका नेपालीहरुले पठाएको रकमबाट मुलुकको अर्थतन्त्रमा करिव ३३ प्रतिशतको योगदान दिईरहेको छ । मुलुकको अर्थतन्त्रमा कृषिपछिको सबैभन्दा ठूलो क्षेत्र वैदेशिक रोजगारी नै बन्दै आएको सन्दर्भमा हाल विदेशमा रहेका नेपालीले वार्षिक १५ खर्बको हाराहारीमा विपे्रषण पठाउने गरेको राष्ट्र बैंकको तथ्याङ्कबाट प्रष्ट हुन्छ । वैदेशिक रोजगारीको प्रमुख गन्तव्य खाडीको देशहरु,मलेसिया,दक्षिण कोरिया जस्ता देशबाट ठूलो परिमाणमा विप्रेषण नेपालमा भित्रिने गरेको छ । मुलुकको विकट गाउँदेखि सहरसम्मका युवायुवतीहरु आन्तरिक रोजगारीको अभावमा वैदेशिक रोजगारीमा जाने गरेका छन् । उनीहरुले विदेशमा पसिना बगाएर कमाएको रकम विप्रेषणले उनीहरुको जीवनस्तर माथि उठ्नुका साथै मुलुकको अर्थतन्त्रमा सकरात्मक टेवा पुर्याईरहेको कुरामा विमति छैन.् । उनीहरुको कमाई जुन रुपमा वैधानिक माध्यमबाट भित्रिनु पर्ने हो र उत्पादन मूलक क्षेत्रमा लगानी हुनुपर्ने हो त्यसो हुन सकिरहेको छैन् । घरायसी खर्च र बालबच्चाको शिक्षा,दिक्षा र विलाशिताका सामान खरिदमा नै खर्च हुने गरेको कुरा विभिन्न खोज तथा अध्ययन प्रतिवेदनहरुले देखाईरहेको छ । एक त सबै रकम वैधानिक रुपमा नभित्रिने र भित्रिएको रकम पनि अनउत्पाक क्षेत्रमा खर्च गर्ने प्रवृत्तिले गर्दा मुलुकमा भित्रिने विप्रेषणको सही सदुपयोग हुन सकिरहेका छैन् भने अर्कोतर्फ वार्षिक १५ खर्ब रेमिट्यान्स वैधानिक रुपमा भित्रिने गरेकोमा त्यतिनै अनुपातमा करिव १५ खर्ब रुपैयाँ विप्रेषण अवैधािनक अर्थात हुण्डी तथा व्यक्तिगत माध्यामबाट भित्रिने गरेको पाईएको छ ।
विदेशमा रहेका नेपाली नागरिकहरुले वैधानिक रपमा पैसा पठाउँदा लाग्ने खर्चको हिसाव गरेर कम खर्चमा अवैधानिक माध्यम रोज्दा वार्षिक करिव १५खर्र्ब रुपैयाँ अवैधानिक रुपमा भित्रिने गरेको छ ।