काठमाडौ । चीनसँग सिमाना जोडिएको दार्चुला,किमाङथाङ्कालगायतका १४ वटा नाका कहिलेदेखि खुल्छ भन्दै संघीय संसदमा प्रश्न उठेको छ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीनको भ्रमणका क्रममा नाका खोल्ने सम्बन्धी सम्झौता भएको तर आजसम्म नाका नखोलिएको भन्दै मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली काँग्रेसका सांसद दिलेन्द्र प्रसाद वोडुले सझौता गरिएको भनिएका १४ नाका कहिले खुल्छ भनी परराष्ट्र मन्त्री श्रेष्ठलाई प्रश्न गरेका छन् । मन्त्री श्रेष्ठको चीन भ्रमणलगत्तै कोरोना माहामारीपछि बन्द रहेका चीनसँग सिमाना जोडिएका १४ वटा नाका खोल्ने कुरा सुनियो तर कहिलेदेखि खुल्छ भन्ने कुरामा मन्त्री ज्यूले जवाफ दिनुपर्ने बताएका थिए ।