वर्षयाम सुरु भएसँगै देशै भरी डेंगुको संक्रमण बढ्न थालेको छ । लामखुट्टेको टोकाईबाट सर्ने यो रोगले ज्वरो आएर एक हप्तासम्म कठिन अवस्थामा पुर्याउने गर्दछ । एकाएक देशैभरी डेंगु संक्रमण बढ्न थालेपछि जनमानसमा चिन्ता बढ्न थालेको छ । इपिडियोलोजी तथा रोग नियन्ण महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार देशका ७२ वटै जिल्लामा डेंगुको संक्रमण देखिएको छ । डोल्पा,मुगु,हुम्ला,जुम्ला र मुस्ताङबाहेक ७२ जिल्लामा करिव २ हजार व्यक्तिमा डेंगु पुष्टी भएको महाशाखाले जनाएको छ । डेंगु सक्रमणको यो अनुपात हेर्दा भदौ असोजसम्म ठूलो संख्यामा डेंगु पिडित हुने अनुमान गर्न सकिन्छ ।
गत वर्ष मुलुकका सबै जिल्लामा भेटिएको डेंगुबाट ५२ हजार भन्दा बढी संक्रमित भएको र २० जनाको ज्यान गएको थियो । एक सातासम्म अत्याधिक ज्वरो आउने र यो रोगले सबैभन्दा बढी बालबालिका,बृद्धबृद्धा तथा दिर्घरोगीहरुलाई समस्यामा पार्ने गरेको पाईएको थियो । यो समस्या यो वर्ष पनि नदोहोरियला भन्न सकिन्छ । त्यसैले बेलैमा सर्तक र चनाखो हनै पर्दछ ।
डेंगु लामखुट्टेबाट सर्ने रोग भएकाले विशेष गरेर लामखुट्टेको टोकाईबाट बच्नु नै बुद्धिमानी हुने भएकाले लामखुट्टेको बच्ने उपाय अवलम्बन गर्न आवश्यक छ । लामखुट्टेबाट बच्नका लागि आफ्नो घरवरपर पानी जम्न नदिने,घर तथा गोठ वरपरी सफासुग्घर राख्ने,गोठ घरभन्दा टाढा राख्ने गर्नु पर्दछ । यदि ज्वरोको लक्षणदेखिना साथ नजिकको स्वास्थ्य चौकी वा अस्पताल जानु नै बुद्धिमानी भएकाले हाल जति पनि जिल्लामा डेंगुको संक्रमण देखिएका छ ती जिल्लाका नागरिहरुले डेंगु रोगबाट बच्नका लागि लामखुट्टेको टोकाईबाट बच्न कसरी भन्ने विषयमा जानकारी राख्न व्यवहारमा पालना गर्न सकेमा बढ्दै गएको डेंगु संक्रमणबाट आफू बच्न सकिन्छ र अरुलाई पनि बचाउन सकिन्छ । यसतर्फ सबैको ध्यान जान आवश्यक छ ।