राष्ट्रिय युवा नीतिले युवा शक्तिलाई देशमै बसेर केही गर्ने वातावरण बनाओस्

काठमाडौ । भनिन्छ युवा र प्रविधिको उत्तम प्रयोग गर्न सकेको खण्डमा देशले प्रगतिको बाटो लिन्छ । देश समृद्ध बन्छ । सोमबार अन्तर्राष्ट्रिय युवा दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । हरेक वर्ष युवा दिवस बनाउँदै गर्दा राज्यले युवालाई कुन स्थान र अवसर दिएको छ त ? विद्यार्थीदेखि श्रमिकको नाममा युवा शक्तिले देश छाडिरहेको अवस्थामा उनीहरुलाई देशमै बस्ने वातावरण कसरी बनाउने भन्ने कुरामा राज्य कत्तिको चिन्तित छ ? विकास निर्माणको मूख्य आधार युवा शक्ति र विकास हुदै गएको प्रविधि नै हो । तर हाम्रो देशले यी दुबै कुरालाई किन महत्व दिईरहेको छैन् । अहिले सरकारले राष्ट्रिय युवा नीति भदौभित्रै ल्याउने तयारी गरिरहेको छ । अहिले पनि आधा करोड युवा शक्ति विदेशी भूमिकमा पसिना बगाइरहेका छन् । युवा दिवसको सन्दर्भमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय युवा नीति, २०८१ भदौ महिनाभित्रै जारी हुने बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले निकट भविष्यमै राष्ट्रिय युवा नीति, २०८१ जारी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । स्वस्थ, कर्मठ र उद्यमी युवा तयार पार्ने संकल्प गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले नेपाली युवाहरुको समस्या पहिचान र समाधानको बाटो पहिल्याउन सक्नुपर्नेमा जोड दिएका छन् ।
सिर्जना, क्षमता र शाहसको श्रोत मान्ने युवा वर्गलाई समयमै रोजगारी, सञ्चार, खाद्यान्न, शिक्षा, दिक्षा, जलवायु लगायतका महत्वपूर्ण विधामा भएको रुपान्तरणलाई आत्मसाथ गरी नवीनतम र सिर्जनात्मक प्राविधिक ज्ञानको प्रयोग गर्नुपर्ने अवसर र चुनौती थपिएको बताएका छन् । सिर्जना, क्षमता र शाहसको श्रोत मान्ने युवा वर्गलाई समयमै रोजगारी, सञ्चार, खाद्यान्न, शिक्षा, दिक्षा, जलवायु लगायतका महत्वपूर्ण विधामा भएको रुपान्तरणलाई आत्मसाथ गरी नविनतम र सिर्जनात्मक प्राविधिक ज्ञानको प्रयोग गर्नुपर्ने अवसर र चुनौती थपिएको पनि उनले बताएका छन् । उनले दिगो विकासका लक्ष्य प्राप्तिका लागि माबोइल, उपकरण, डिजिटल प्लेटफर्महरु, आर्टिफिसियल इन्टलिजेन्स भएको विकासका महत्वपूर्ण साधन बनेको बताउँदै उनले समृद्ध नेपालका लागि युवा र प्रविधिको उत्तम प्रयोग गर्न सक्नुपर्नेमा जोड दिएका छन् । दीगो विकासका लक्ष्य प्राप्तिका लागि माबोइल, उपकरण, डिजिटल प्लेटफर्महरु, आर्टिफिसियल इन्टलिजेन्स भएको विकासका महत्वपूर्ण साधन बनेको छ । यसले आर्थिक, सामाजिक वातावरणीय आयामहरुमा गहिरो प्रभाव पार्नुका साथै नीति निर्माणका लागि समेत आधार तय गर्दै गएको उल्लेख गर्दै मन्त्री चौधरीले युवा तथा खेलकुद मन्त्रालयले नीतिगत रुपमा लिँदै आएको नेतृत्वदायी र समन्वयकारी भूमिकाबाट युवा उद्यमशीलतामा जोड दिएका छन् । वास्तवमा मन्त्री चौधरीले भनेका सबै अभिव्यक्ति जाहेज छन् । गर्नुपर्ने र हुनुपर्ने पनि त्यही नै हो तर भैरहेको छैन् । नीति नियमहरु बनेपनि फितलो कार्यान्वयन सरकारको कमजोरी विगतेखिकै रोग बनिरहेको छ । त्यसैले अब आउने राष्ट्रिय युवा नीति युवाका लागि होस् ।युवा शक्ति र प्रविधि सँगसँगै लिएर योजना अघि बढाएको खण्डमा देश विकास समृद्धि टाढा छैन् । यसतर्फ राज्यको ध्यान जाओस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *