गाईको जात्रा के जात्रा
सधैँको जात्रा सदन
खाडीमा भयो बेहाल
रुँदै मदन ।
भविष्य लेख्ने भाविले
विदेश मात्रै लेखेको
युवाको भाग्य सिमाना
छोड्ने देखेको ।
समृद्ध हेर्ने रहर
कल्पना भित्र सहर
गरिवी सधैँ कहर
भोक जहर ।
सन्तती बन देशको
कर्मले फूल फुलाउ
पसिना झार माटोमा
आँसु साटोमा ।
तिर्सना भोक मायाको
समाल्नै गाह्रो छायाको
जिन्दगी सँगै जिस्कीयो
च्वास्स चस्कियो ।
लुकेर गर्ने मायाको
बढेछ भुँडी घम्पा झैं
समाज भित्र देखाउ
सत्य टेकाउ ।