नेपाली बजारमा उपभोग्य वस्तुहरुको भाउ एकाएक बढ्न थालेको पाइएको छ । तेलहन दलहन र गेडागुडीलागयतको उपभोक्तलाई दैनिक रुपमा भान्सामा चाहिने वस्तुहरुको मूल्य बिनाकुनै सूचना ब्यापारीले बढाउन थालेको गुनासो उपभोक्ताहरुले नै गर्न थालेका छन् । चालू आर्थिक वर्षको सुरुको महिना साउनदेखि नै दैनिक उपभोग्य वस्तुहरुको मूल्य बढ्न थालेको कुरा सार्वजनिक भइरहेको पनि थियो । तर बजारमा मूल्य वृद्धिले नयाँ उचाई लिइरहेको अवस्थाले सरकारको सम्बन्धीत निकाय के गर्दैछ । ब्यापारीहरुलाई मनोमानी ढंगले खाद्यन्नलगायत वस्तुहरुमा मूल्य लिने छुट कसले दियो ? बेलैमा बजार अनुगमन गरेर दोषीलाई कावार्वही किन हुदैन् ? उपभोक्ताको हक हितमा काम गर्छु भन्ने उपभोक्ता संरक्षण मञ्च के गर्दैछ । गलत तरिकाले मूल्य बढाएर उपभोक्ताको ढाड सेक्ने ब्यापारी विषेश गरेर ठूला चाडपर्वको मौका छोपेर उपभोक्तालाई डस्ने गरेका कुरा हरेक वर्ष दोहोरिदै आएको छ । र यो वर्ष पनि सोही कुरा दोहोरिएको छ,यसतर्फ सम्बन्धीत पक्षको ध्यान किन नगएको ?
विगतहरुमा झैं नेपालीहरुको ठूलो चाड दशै. र तिहार नजिकिदै गर्दा बजारमा ब्यापायारीहरुले अनेक बहाना बाजी गरेर धमिलो पानीमा माछा मार्ने कोशिस गरिरहेका छन् । दाल,चना केराउलगायतका गेडागुडी,खाद्यानका साथै चाडबाडका लागि बढी खपत हुने तेल चिनीजस्ता वस्तुहरुको पनि मुल्य बढिरहेको छ । ब्यापारीहरुले उपभोग्य वस्तुहरुमा आफुखुशी मूल्य बढाएर बिक्री वितरण गरिरहेको उपभोक्ताहरुले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको भएपनि सम्बन्धीत निकायले यसको सुनुवाई गरेको पाइएन । ब्यापारीहरुले कसको अनुमतिले उपभोग्य वस्तुको मूल्य बढाइरहेको छन् । बजार अनुगमन लाई तत्काल किन नगरिएको हो ? वास्तवमा सरकारी निस्किृयता र वेवास्ताले गर्दा ब्यापारीहरुको माखेजालमा उपभोक्ताहरु परिरहेको कुरालाई नकार्न सकिदैन् । त्यसैले ठूला चाडबाड सुरु हुुनु अगावै बजार अनुगमन प्रभावकारी ढंगबाट गरि बढी मूल्य लिएर उपभोक्ता ठगी गर्ने ब्यापारीलाई कानून बमोजिम कार्वाही गरी मूल्य वृद्धि नियन्त्रण गरियोस् । दशैंको मुखमा उपभोक्ताले महँगीको मार खेप्नु नपरोस् ।