एससिटीले ल्यायो “तिर्की दाउ ः रु ७७७ सम्म क्यासब्याक अफर भक्तपुर बहुमुखी क्याम्प

 

काठमाडौ । नेपालीहरुको महान पर्व हरितालिका तीज, बडा दशैं तथा शुभ दीपावलीलाई लक्षित गरेर स्मार्टचोइस टेक्नोलोजीज लिमिटेडले “तिर्की दाउः ट्रायल अफर सार्वजनिक गरेको छ ।
यस, अफर अन्तर्गत एससिटी डेबिट कार्ड प्रयोगकर्ताले कुनै पनि खरिदमा पिओएस मार्फत विद्युतीय कारोबार गर्दा रु ७७७ सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । हालसम्म सिटिएसडेबिट कार्ड नलिएका ग्राहकले कार्ड जारी गर्न क्ऋत् संग आवद्ध बैंक तथा वित्तिय संस्थाहरुमा गएर प्राप्त गर्न सक्नेछन् । ग्राहकले यस अवधिमा ६ महिनादेखि प्रयोगमा नल्याएका सिटिएस युपिआई डेबिट कार्ड प्रयोग गरेमा रु १११ को क्यासब्याक र सबै प्रयोगकर्ताले तीन वा सोभन्दा धेरैपटक कारोबार गर्दा रु ३३३ क्यासब्याक प्राप्त गर्न सक्नेछन् । साथै, सात वा सो भन्दा धेरै कारोबार गर्दा रु ७७७ क्यासब्याक पाउन सक्नेछन् । हरेक कारोबारको रकम ५०० वा सोभन्दा धेरै हुनपर्नेछ र एउटै टर्मिनलबाट दिनको एकपटकको कारोबार मात्र अफरका लागि मान्य हुने कम्पनीले जनाएको छ ।
साथै, भारतमा पनि नेपाली रुपैया“ २५०० वा सोभन्दा धेरैको कारोबार गरेको खण्डमा नेपाली रुपैया“ २५० को क्यासब्याक प्राप्त गर्न सक्नेछन् । अफरको विस्तृत विवरण र सर्त तथा वन्देजहरु को आधिकारिक वेबसाइटमा पाउन सकिनेछ । यो अफर यहि सेप्टेम्बेर १ देखि अक्टोबर ३१ सम्म लागु हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *