दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको सम्मेलन काठमाडौमा

काठमाडौ । निर्वाचन आयोग नेपालको आयोजनामा दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको १२ औं सम्मेलन काठमाडौंमा सुरु भएको छ । प्रधानमन्त्री के.पी. शर्मा ओलीले भाद्र १९ मा उ्घाटन गरेका छन् ।
बिहीबार आजसम्म चल्ने उक्त कार्यक्रममा दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चका सदस्य राष्ट्रहरु नेपाल, भारत, भुटान, श्रीलंका र माल्दिभ्सका
निर्वाचन व्यवस्थापन निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।
सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले दक्षिण एसियाली मुलुकका
निर्वाचन निकायहरुको साझा मञ्चको १२ औं सम्मेलनको शुभकामना व्यक्त गर्दै सदस्य राष्ट्रहरुले स्वच्छ, स्वतन्त्र, पारदर्शी र विश्वसनीय निर्वाचनका लागि गरेका प्रयासहरु, सम्मेलनका विषयवस्तु र आगामी दिनमा निर्वाचन व्यवस्थापन गर्ने निकायहरुले लिनु पर्ने सुधारका रणनीतिबारे धारणा व्यक्त गर्दै प्रधानमन्त्रीले दक्षिण एसियामा लोकतन्त्रका लागि राजनीतिक नेतृत्वले पु¥याएको योगदानको स्मरण गरेका थिए ।
निर्वाचन आयोग नेपालका माननीय प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले उद्घाटन सत्रमा सहभागीहरुलाई स्वागत गर्दै दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको १२ औं सम्मेलन नेपालले आयोजना गर्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गरे ।
भुटानका प्रमुख निर्वाचन आयुक्त एवम् दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चका हालका अध्यक्ष समेत रहेका दासो सोनाम तोग्बेको अध्यक्षता र नेपालका प्रधामन्त्री केपी ओलीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा निर्वाचन आयोग नेपालका प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयोग माल्दिभ्सका अध्यक्ष, निर्वाचन आयोग श्रीलंकाका अध्यक्ष र निर्वाचन आयोग भारतका उपनिर्वाचन आयुक्तले शुभारम्भ मन्तव्य दिँदै
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन सदस्य राष्ट्रहरुले निर्वाह गर्नुपर्ने भूमिका र व्यवस्थापन गर्नुपर्ने निर्वाचनका नविनतम मुद्दाहरुका सम्बन्धमा धारणा व्यक्त गरेका छन् । भुटानका प्रमुख निर्वाचन आयुक्त दासो सोनाम तोग्बेले ११ औं सम्मेलन कोभिड–१९ को महामारीका कारण भर्चुअल रुपमा सम्पन्न भएको स्मरण गर्दै
दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको अध्यक्षता नेपाललाई हस्तान्तरण गरेका थिए ।
दक्षिण एसियाली मुलुकका निर्वाचन व्यवस्थापन निकायको १३औं सम्मेलन नभएसम्म यसको अध्यक्षता निर्वाचन आयोग नेपालले गर्नेछ । यस सम्मेलनमा निर्वाचन र जलवायु परिवर्तन, निर्वाचन र आप्रवासन तथा निर्वाचन र सामाजिक सञ्जालको मुद्दामा विज्ञको प्रस्तुति एवम् छलफल समेत रहनेछ । उक्त छलफल निर्वाचन व्यवस्थापनका लागि आगामी दिनमा गर्नु पर्ने सुधारका पक्षहरुमा केन्द्रित रहने छ । दुईदिने यस सम्मेलनमा काठमाडौं घोषणापत्र समेत जारी गरिने कार्यतालिका रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *