प्यारालम्पिकमा काश्य पदक बिजेता पलेशा गोवर्द्धनलाई महासंघको सम्मान

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघले प्याराओलम्पिकमा काश्य पदक बिजेता पलेशा गोवर्द्धनलाई सम्मा गरेको छ । शुक्रबार महासंघमा आयोजित एक कार्यक्रमकाबीच प्यारालम्पिकमा तेक्वान्दोमा काश्य पदक बिजेता २१ वर्षीय पलेशा गोवर्द्धनलाई सम्मान गरिएको हो । महासंघले गोवर्द्धनलाई रु तीन लाख, प्रशिक्षक कविराज नेगी लामालाई रु एक लाख पच्चीस हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पचहत्तर हजार रुपैयाँ सहित सम्मान गरेको हो । गोवर्द्धन प्यारालम्पिक खेलमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

सम्मान कार्यक्रममा, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले गोवर्द्धन, प्रशिक्षक र म्यानेजरलाई वधाई ज्ञापन गर्दै यसरी सम्मान गर्न पाउदा खुशी लागेको बताए । महासंघका सदस्य एवं सम्पुर्ण निजी क्षेत्रलाई प्रतिभावान खेलाडि गोवर्द्धन लगायत अन्य खेलाडि र खेल क्षेत्रलाई यथा सम्भव सहयोग बढाउन पनि आग्रह गरे । ‘नेपाली युवाहरु प्रतिभावान छन,’ भन्दै उनले, ‘विश्वका अन्य मुलुक जस्तै नेपालमा सरकार संगै निजी क्षेत्रले पनि खेल क्षेत्रको प्रवर्द्धनमा सहयोग पुर्याउनुपर्छ ।’
गोवर्धनले २०२४ पेरिस प्यारालम्पिक खेलमा तेक्वान्दोमा कांस्य पदक जित्दै नेपाली खेलकुदको इतिहासमा नयाँ अध्यायको शुरुवात गरेकी छन् । । यो पदक नेपालका लागि ओलम्पिकमा पहिलो पटक हासिल भएको हो ।
गोवर्धनले आफ्नो सफलताले भविष्यका खेलाडीहरूलाई प्रेरित गर्ने बताईन् । महिलाहरूको ५७ के.जी. के–४४ वर्गमा गोवर्धनले सर्बियाकी मारिजा माइसिभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक हात पारेकी थिईन् ।
पेरिस प्यारालम्पिकमा गोवर्द्धनको ऐतिहासिक विजय नेपाली खेलाडीहरूको लागि अन्तर्राष्ट्रिय मञ्चमा नयाँ मापदण्ड स्थापित गरेको हुँदा नेपालका लागि गर्वको क्षण भएको महासंघ अध्यक्ष ढकाललको भनाइ छ । महासंघ नेपालका निजी क्षेत्रलाई प्रतिनिधित्व गर्ने गैह्र नाफामूलक संस्था हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *