काठमाडौ ं। सेवाग्राहीको काम रोकिएको गुनासो आएपछि सरकारले सरकारी कार्यालयको खाजा खाने समय आघा घटाएर ३० मिनेट तोकेको छ । यसअघि खाजा खाने समय
एक घण्टा थियो । सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय ३० मिनेट कायम गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
’खाजा पनि खानुपर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनुहुँदैन, कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकाले त्यसबाट घटाएर हरेक दिन १ः ३० देखि २ बजेसम्म कायम गरिएको छ ।’
प्रधानमन्त्री ओलीले कार्यालयको खाजा समयको नियमलाई उल्लङ्घन गरेको पाइएमा हेलो सरकारमा गुनासो गर्न पनि आग्रह गरेका छन् ।