विकास गर्ने भएनन्
निकास गर्ने भएनन्
आउन कोही समाल
भयो बेहाल ।
उव्जनी हुन्न अन्नको
निर्यात भन्ने शूण्य छ
देशको लागि गरौंन
खुशी भरौंन ।
शासन गर्छु भन्नेले रुवाए
देश जनता भ्रष्टको वरिपरिमा
डुव्यो गरिमा ।
मालिक बन्छन् देशमा
जोगीको सधैँ भेषमा
जनको आश खल्तिमा
सधैँ गल्तिमा ।
मनको पैरो रोकिन्न
पैसाले लाज छोपिन्न
सच्याउ आफू आफैमा
हुन्छ नाफैमा ।
हुँदैन केही बोलेर
उद्योग धन्दा खोलेर
श्रमको ज्याला बाँडन
बोल्न छाडन ।