लोहनी कविता –२, पुष्कर लोहनी

दिएन त दिएन
गाली नगरे भइहाल्छ
आफैंले दिएर हेर त ।
रात रोइदिन्छ केही नदेखेपछि
आफैंले छाम्छ आफैंलाई
सुम्सुम्याएर हाँस्दा निहुरिहाल्छ
आवाज सुन्छ
नाक ठाडो भइहाल्छ
खोतल्न नदेउ
आफैंले खोतलि हेर
खोतल्नेहरु मुखामुख गरुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *