सरकारले राष्ट्रिय टिमका खेलाडीलाई निःशुल्क स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने भएको छ । सहिद गंगालाल हृदय रोग उपचार केन्द्रमार्फत राष्ट्रिय टिमका खेलाडीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको हो । देशको प्रतिनित्व गरेर अन्तराष्ट्रिय खेलमा योगदान गर्ने खेलाडीहरुको मुटुसहितको स्वास्थ्य परीक्षण सम्बन्धी नेपाल खेलकुदपरिषद र सहिद गंगालाल हृदयरोग केन्द्रबीच सम्झौता गरिएको छ । यो सम्झौताले खेलाडीहरुमा हौसला थपिएको अनुभति गरिएको छ । स्वास्थ्य मन्त्री प्रदिप पौडेलको उपस्थितिमा मंगलबार अन्तारट्रिय पदक विजेता पलेशा गोवर्धनको स्वास्थ्य परीक्षण गरेर निःशुल्क स्वास्थ्य परीक्षण सेवाको सुभारम्भ गरिएपछि खेलाडीहरुमा हौसला बढेको हुनुर्पछ । खेलाडीहरु पेसागत क्षमता विकासका साथै राज्यले जुनरुपमा उनीहरुलाई सेवा सुविधा प्रदान गर्नुपर्ने हो सो नभइरहेको अवस्थामा निःशुल्क स्वास्थ्य सेवा एउटा प्रयासका रुपमा हेरिएको छ । सरकारको यो कदम प्रभावकारी रुपमा कार्यावयन भएको खण्डमा नेपाली खेलाडीले निःशुल्क रुपमा स्वास्थ्य परीक्षण सेवा प्राप्त गर्नेछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य क्षेत्रका योजना र प्राथमिकता घोषणका क्रममा देशका लागि खेल्ने खेलाडीहरुको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्ने घोषणा गरेका थिए । सोही अनुरुप खेलाडीको स्वास्थ्य परीक्षणका लागि सहिद गंगालाल हृदयरोग केन्द्रसँग सम्झौता गरेका छन् । सम्झौता अनुसार केन्द्रले राष्ट्रिय खेलाडीहरुलाई निःशुल्क रुपमा मुटुसहितका स्वास्थ्य परीक्षण प्रदान गर्नेछ । खेलाडीको मुटुसहितको स्वास्थ्य परीक्षण हरेक वर्ष निःशुल्क गर्न लागि आर्थिक स्रोतको व्यवस्थापन गंगालाल आफ्नै स्रोतबाट गर्ने सम्झौतामा उल्लेख गरिएको छ भने अगामी वर्षेदेखी यस सम्बन्धी वार्षिक कायक्रम नै बनाएर लगिने मन्त्री पाँैडेलले बताएका छन् ।
सरकारको यो कदम नेपालको खेल क्षेत्रका लागि नयाँ र सकरात्मक कदम भएकाले यसलाई अक्षरस कार्यान्वयन गर्नुपर्ने दायित्व गंगालाल अस्पतालको र सरकारकै भएकाले यसको कार्यान्वयनमा जोड दिइयोस् । नेपालमा योजना र कार्यक्रम घोषणा हुने तर कार्यान्वयका तह भने कमजोर हुने र लक्षित वर्गले सेवा नपाउने परिस्थिति देखिने गेरेको छ । यसतर्फ सरकारको ध्यान जाओस् र खेलाडीहरुलाई प्रभावकारी रुपमा निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्रदान गरियोस् ।