दशैका लागि नयाँ होईन सुकिला नोट साट्न पाइने

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै असोज १३ गतेदेखि २२ गतेसम्म सुकिला नोट साट्न सकिने जानकारी गराएको हो । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैंकिङ विभागबाट नोट साट्न सकिने छ ।
राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय जनकपुर,वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्त्र र धनगढीबाट नोट सटहीको सुविधा लिन सकिने बैंकले जनाएको छ । साथै इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत नोट सटही गर्न सकिनेछ ।
हरेक वर्ष दसैंका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैंकले यस पटक सुकिला नोट मात्र दिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *