काठमाडौ । राष्ट्रिय बाल दिवस भदौ २९ लाई लक्षित गर्दै ललितपुरका पूर्व प्राथमिक विद्यालयहरूका संगठन अपेन ललितपुर महानगरले बृहत कार्यक्रमको आयोजना गरिरहेको छ । यसै क्रममा कलिला बालबालिकाहरूको प्रतिभा निखार्न, नेतृत्व कला विकास गर्न, तथा आत्मविश्वास बढाउने लक्ष्यका साथ किड्स गट ट्यालन्ट २०८१ को आयोजना संगठनले गरेको छ । ललितपुर महानगर अपेन कि अध्यक्ष तथा किड्जी सानेपाकी प्रधानाध्यापक मुना श्रेष्ठ को समन्वयमा संचालन गरिएको उक्त ट्यालेन्ट सो मा ९ वटा विद्यालयवाट १७५ जनाले सहभागिता जनाएका थिए । ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्य तथा ललितपुर महानगरका शिक्षा शाखाका अधिकारीको आतिथ्यमा भव्यताका साथ अभिभावकहरूको समेत उपस्थितिमा उक्त ट्यालेन्ट सो सम्पन्न भएको थियो । भाद्र १५ गते सम्पन्न गरिएको किड्स गट ट्यालन्ट २०८१ को ब्याज तथा प्रमाणपत्र वितरण गर्दै भाद्र २८ गते शुक्रबार कार्यक्रम को समापन गरिँदैछ ।