मुलुकमा राजनीतिक स्थायित्व,विधिको शासन,भ्रष्टाचारमुक्त समाज शिक्षा,स्वास्थ्य र रोजगारीको ग्यारेन्टीलगायतका जनताका चाहना र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गरेर राज्य सञ्चालन गर्ने र जनताले मुलुकमा सरकार भएको अनूभूत गर्ने दिन कहिले आउला ? भुइँमान्छेहरुको आवाज सुन्ने र उनीहरुको हकहितमा काम गर्ने सरकार कहिले बन्ला ? भान्सा धान्नै नसक्नेगरी बढेको महँगी कहिले घट्ला ? नेपाली नागरिकहरु १६ वर्ष कट्नाासाथ विदेशै हानिनुपर्ने दिनको अन्त्य कहिले होला ? शासन सत्तामा पावर पैसा र परिवारवादको हालिमुहाली गर्ने भुईँमान्छेले सिडी बनाएर चुनाव जित्ने सत्तामा पुग्ने र अनि जनतालाई फर्केर नहेर्ने कु प्रवृत्तिको अन्त्य कहिले होला ? लोकतन्त्र,समाजवाद,मानव अधिकारको ग्यारेन्टीको ढ्वाङ फुक्ने तर व्यवहारमा सानालाई ऐन र ठूलालाई चैन भनेझै असमानतालाई बढावा दिने स्वार्थ केन्द्रित राजीति गर्ने,मुलुकको हितमा काम नगर्नेजस्ता गलत प्रवृत्तिका कारण मुलुक उकालो गति रहेको पाउन सकिन्न । यसतर्फ सरकारको ध्यानाकर्षण हुनपर्ने होईन र ? माथि उठेको सबै प्रश्नहरुको जवाफ सरकारले नै दिनुपर्ने होईन र ?
गत आश्विन १० र ११ गते वर्षपछि आएको भिषण बाढी र पहिरोले गर्दा आहात भएका जनतालाई राहत दिने कार्य ढिला नगरी कार्यान्वयन गर्न आवश्यक छ । केपीओली नेतृत्वको वर्तमान सरकारले र जनताका लागि धेरै काम गनुपर्ने दाबा गरिएपनि काममा माखो मर्न सकेको छैन. । यसतर्फ पनि सरकारको ध्यानाकर्षण हुन जरुरी छ ।