खोरिया– जनार्दन अधिकारी धड्कन

सस्कार हाम्रो सस्कृति
कहिल्यै नहोस् विकृति
रमाऔं चाड पर्वले
बाँचौ गर्वले ।
दिदीको घर गएर
बैनीको त्यहीँ बोलाइ
लगाउँ टिका निधार
खुसी अपार ।
तेलको घेरा लगाई
दैलो ओखर फुटाई
यमको बाटो रोक्दै छिन्
खुसी पोख्दै छिन् ।
सप्तरङ्गी टिकालाई
सेल अर्सा फिनी खाई
तिहार रम्य बनाऔं
खुसी मनाऔं ।
संस्कृति प्रेम जेलेर
देउसी भैलो खेलेर
परम्पराको जोगाऔं
सँगै रमाऔं ।

सयपत्री मखमली
बत्तिको छ झिलिमिली
लक्ष्मीको पूजा जनले
शुद्ध मनले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *