मन सुम्पेको
आँखै कोचिहाल्यौ नि
किन रोएको ।
बुझ्न नसकिने मन अनौठो लाग्छ
पग्लिरहेछ बगिरहेछ
आवाज सुन्न खोज्छु
कान थापेरै भुइँमा ।
ढलेको छैन
पलाउन सक्छ फेदबाट
हरियो टुसो ।
मिजास बदलिन सक्छ
बिश्वास अत्तालिए पनि
भित्रै छिरिसकेको माया
आँखै अगाडि तुहिन सक्छ ।
जिस्किन सक्छयौ आफै पनि
सुटुक्कै तिमीभित्रै छिर्न सक्छ
नहुने भन्ने कुरै छैन
गर्नुहुन्न भन्ने कसले ।