नेपालीहरुको सामाजिक साँस्कृतिक चाड तिहार आजदेखि सुरु हुदैछ । बडादशैंपछिको ठूलो पर्व तिहार कागतिहारदेखि भाइटिकासम्म पाँचदिनसम्म धुमधामले मनाइन्छ । पशुपंक्षीदेखि दाजुभाइ दिदिबहिनीसम्म सम्मान स्वरुप पूजा अर्चना गरी मनाइने तिहारलाई यम पञ्चक पनि भनिन्छ । किमदन्ति अनुसार यमराज पनि पाँचदिनसम्म बहिनी यमुनाको घरमा गएर बस्ने र द्धीतीयामा बहिनीको हातबाट पञ्चरंगी टिकासहित आशिर्वाद लिएर यमलोक फर्केका थिए । काग कुकुर,गाइ,गोरुपुजा तथा धनमान्यकी देवी लक्ष्मीको पूजाअर्चना तथा दीपावली तिहारको अर्को सुन्दर पक्ष रहेको छ । तिहारलाई सुख र समृद्धिको पर्वका रुपमा पनि लिइन्छ । धनकि देवी लक्ष्मीलाई पशन्न पारेको खण्डमा अपार धनको वर्षा हुने र जीवनमा सुख समृद्धि आउने जनविश्वास रहिआएको छ । देउसी भैलोसँगै तिहारको अर्को रौनकता फूल पनि हो । तिहारआएसँगै सयपत्री मखमली,गोदावरी फूल ढकमक्क फुलेका हुन्छन् । तिहारलाई फूलैफुलको पर्वका रुपमा पनि लिने गरिन्छ । तिहारका लागि सयपत्री फूलको ठुलो ब्यापार हुने गर्दछ । नेपालमा उत्पादित फुलले नभ्याएर भारतबाट समेत करोडौको फुल आयात हुने गरेको छ । यससँगै दाजुभाइको सुस्वास्थ्यको कामना गर्दै उपहार स्वरुप उनीहरुलाई दिन पयोग गरिने काजुबदाम,ओखर पेस्तालगायतका वस्तु र चिनीको अत्याधिक खपत हुने गर्दछ तिहारमा ।
पछिल्लो समयमा तिहार निकै खर्चिलो र भड्किलो बन्दै गएको पाइन्छ । साँस्कृतिक देउसीभैलोलाई र्याप र डान्समा परिणत गरिएको पाइन्छ भने मनोरञ्जनको नाममा जुवातास लगुरबुर्जा खेलेर पैसाको नाश गर्ने कुचलन पनि पछिल्लो समय बढ्दै गएको छ । देखासेकी गरेर तिहारमा आवश्यकता भन्दा बढी खर्च गर्ने र तिहालाई खर्चिलो र भड्किलो बनाउनाले समाजमा डोरी डकैतिजस्ता विकृतिको जन्म भएको पाउन सकिन्छ । यसबाट आम नागरिक सचेत हुन जरुरी छ । साँस्कृतिक,सामाजिक पर्वहरुलाई साँस्कृतिक र सामाजिक मुल्यमान्यताका आधारमा रमाइलो र खुशी साटासाट गरेर मनाउने गर्नु पर्दछ । खर्चिलो र भड्किलो होइन् । त्यसैले तिहार पर्वलाई खर्च थोरै खुशी धेरै गरेर मनाऔ । जुवातास लंगुरबुर्जाजस्ता खेलावाडका चीजबाट टाडा बसौं । देउसी भैलो खेलेर रमाऔं,दाजुभाइ दिदिबहिीबीच आत्मीयता र खुशी बाँडेर रमाऔं । मुलुकमा विद्यमान विकृति विसंगतिहरुको अन्त्यको कामना गरौं । हाम्रा सांस्कृतिक चाडपर्वहरुको संरक्षण,सम्बद्र्धन र प्रवद्र्धन गरौं । यसैमा आम नेपालीको हित हुने छ । दिपावली २०८१ को हार्दिक मंगलमय सुभकामना ।