काठमाडौ । यम पञ्चकको पाँचौ दिन यम द्धितीय अर्थात भाइटिका पर्व मनाईँछ । दिदिबहिनीहरुले दाजुभाइहरुको दीर्घायु र सुख समृद्धिको कामना गर्दै सप्तरंङ्गी टिका र मकमली तथा सयपत्री फूल लगाएर पूजा गरिने र स्वास्थ्यका लागि लाभदायक मानिएका ओखर मदाम काजुलगायतका मसलासहितका मीठामीठा खानेकुरा तथा फलफूलसहितका उपहार दिएर आशिर्वाद दिने र दाजुभाइहरुले दिदिबहिनीहरुको दिर्घायु र सुख समृद्धिको कामना गर्दै दक्षिणा उपहारसहित आशिर्वाद दिन परम्परा रहिआएको छ ।
नेपाल पचाङ्ग निर्णायक विकास समितिले भाइटिकाको सुभ साईत बिहान ११ बजेर ३७ मिनेट रहेको बताएको छ ।
परापुर्वकालेखि भाइटिकाको दिन रानी पोखरीस्थित बालगोपालेश्वर मन्दिर खुला हुने गर्दछ । दिदिबहिनी नभएका दाजुभाइहरुले यही मन्दिरमा गएर टिका लगाउने गर्दछन् ।