स्थानीय तह उपनिर्वाचन ः४१ पदका लागि निर्वाचन हुँदै

काठमाडौ । केही जिल्लामा स्थानीय तहको उपनिर्वाचन सुरु भएको छ । ४३ पदका लागि जारी निर्वाचनमा तीन जना उम्मेदवार यस अघि नै निर्विरोध निर्वाचित भएपछि ४१ पदका लागि मतदान सुरु भएको हो । आज बिहाज ७ बजेखि सुरु भएको मतदान शान्तिपूर्ण रुपमा भइरहेको निवर्जाचन आयोगले जनाएको छ ।

४१ पदका लागि हुन लागेको निर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा रहेको आयोगले जनाएको छ । जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४३ पदका लागि निर्वाचन हुदैछ । यसअघि नै तीन जना उम्मेद्वर भने निर्विरोध निर्वाचित भएसँगै आइतबार ४१ पदमा मात्रै निर्वाचन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *