आकर्षक रोजगारीका नाममा ठगिएला है !
नेपालीले आकार्षक वैदेशिक रोजगारीका नाममा दुःख पाएका घटनाहरु बारम्बा दोरोरिदै आएको छ । बैधानिक बाटो र आधिकारिक रुपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जो कानूनी मार्ग हुँदाहुँदै दलाल तथा बिचौलियाहरुको भर विश्वासमा परी वैदेशिक रोजगारीको बाटो अपनाउँदा वर्षेनी हजारौं नेपालीहरुले दुःख पाएका छन् र गैर कानूनी रुपमा बिचौलियाहरलाई पैसा बुझाएर न रोजगारी नत हातमा पैसा भएर अलपत्र परेका घटनाहरु समाजमा घटीरहेका छन् । वैदेशिक रोजगारीका लागि सरकारले प्रदान गर्ने सेवाको प्रक्रिया र कानूनी झण्झटले गर्दा मानिसहरु बिचौलियाको पछि लाग्ने र ठगीमा पर्ने गरेको पाईन्छ । वास्तवमा वैदेशिक रोजगारीमा जानुपुर्व गर्नुपर्ने मानसिक तयारीका साथै कुनै सीप सिकेर रोजगारीमा जानुपर्छ भन्ने कुराको हेक्का नराख्दा र सजिलो प्रक्रिया र छोटो माध्यमबाट आकर्षक रोजगारी प्राप्त गर्छु भन्ने सपना बोकेर बिचौलियाको भरविश्वासमा होमिदा कयौ नेपालीहरको घर न घाटको स्थिति भएको छ ।
अवैधानिक रुपमा वैदेशिक रोजगारीमा जाँदा फसिन्छ र ठगिछ भन्ने कुराको हेक्का नराखी देखासेकी गरेर बिचौलियाको पछि लागेर हरेक वर्ष हजारौं मानिसले दुःख पाएका छन् । यी र यस्ता घटनाहरुप्रति जानकार हुँदाहँुदै पनि मानिसहरु रातारात पैसा कमाएर धनी हुने सपना देखेर बिचौलियाको चङ्गुलमा फस्ने गरेका छन् । यो वैदेशिक रोजगारीको सबैभन्दा खराब पाटोका रुपमा हेर्ने गरिन्छ । वैदेशिक रोजगारीमा जाँदा झुठा प्रलोभनमा नपरी आधिकारिक मााध्यम बुझेर आधिकारिक कागजात बनाएर तथा विदेशमा जाँदा आवश्यक तालिम तथा सम्बन्धीत देशको भाषा सिकेर मान्यता प्राप्त एजेन्सीमार्फत वैदेशिक रोजगारीमा गएको खण्डमा भने अनुसार काम,दाम र सेवा सुविधा पाइने गर्छ । बिचौलियाबाट जाँदा ठगीको सिकार भइन्छ भन्ने कुरालाई चिन्तन मनन गरेर वैदेशिक रोजगारीमा जान खुट्टा उचाल्दा राम्रो होला ।
खास गरेर युरोपियन मुलुकहरुमा आकर्षक रोजगारीको प्रलोभनमा धेरै युवायुवतीहरु फस्ने गरेको पाइन्छ । यसका साथै लाओस,म्यानमार थाइल्याण्ड लगायतका देशमा पनि बिचौलियाहरुले नेपालीलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर ठग्ने गरेको समाचारहरु आइरहेका छन् । यसतर्फ हामी युवाहरु सचेत हुनु पर्दैन र ? के कानुनी माध्यम छोडेर गैर कानुनी माध्यामबाट विदेश जानु भनेको आफ्नो खुट्टामा आफैंले बञ्चरो हान्नु झैं भएकाले बिचौलियामार्फत विदेश जाने सपना बन्द गरी सरकारबाट मान्यता प्राप्त एजेन्सीमार्फत राम्ररी बुझेर मानसिक र भौतिक तयारी तथा आवश्यक ज्ञान सीप लिएर मात्र वैदेशिक रोजगारीमा जाऔं । ठगिनबाट आफु बचौं र अरुलाई पनि बचाऔं ।
गतिमा अघि
बढेको छ ।
अव पाथीभरा देवी दर्शन केबलकारको काम छिटो भन्दा छिटो सम्पन्न गरी नेपालको
पर्यटन बजारमा थप गेम चेन्जर परियोजनाहरू अघि बढाउने कार्यमा हातेमालो गर्न
पनि आइएमई ग्रुपले सबै पक्षसँग आह्वान गरेको छ ।