पर्सा । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पर्साको पोखरिया नगरपालिका–२ लमरियामा सडक र नालाको आइतबार शिलान्यास गरेका छन् । भौतिक पूर्वधार विकास मन्त्रालयको बजेटबाट पोखरिया नगरपालिकाको वडा नं. २ मा १३२ मिटर सडक र १०७ मिटर नाला नाला निर्माण गर्न लागिएको हो । सो अवसरमा मन्त्री गुप्ताले सरकारले तराई मधेशका आदिवासी, जनजाती, मधेशी र सीमान्तकृत समुदायको चौतर्फी विकासका लागि विभिन्न कार्यक्रम लागू गरेको जानकारी दिनुभयो । सो सडक र नाला निर्माणका लागि मन्त्री गुप्ताको पहलमा भौतिक पूर्वधार विकास मन्त्रालयले सो बजेट विनियोजन गरेको थियो ।
सडक र नालाको का इमान्दारिताका साथ सम्पन्न गरे आगामी आर्थिक वर्ष थप बजेट उपलब्ध गराउने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभएको छ । ‘इमान्दारिताका साथ काम गर्नुभयो भने अर्को वर्ष थप बजेट उपलब्ध गराउने छु, तर तलमाथि भए फेरि आशा नगर्नु होला,’ मन्त्री गुप्ताले भने ।
कुनै पनि सरकारले तराई मधेशलाई हेरेन भन्ने जनगुनासोको सम्बोधन गर्दै यो पटक सरकारको धेरै ध्यान तराई मधेशतर्फ रहेको उल्लेख गर्दै जहिल्यै तराई मधेशका जनताको गुनासो सरकारले हामीलाई हेरेन भन्ने थियो । तर, सरकारले पहिलो पटक तराई मधेशका जनताको समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको छ, उनले भने । तराई मधेश क्षेत्रमा व्यापक विकासको लहर चलाउने आफ्नो योजना रहेको बताउँदै उनले जनताको साथ रहे त्यो कुरा सम्भव रहेको चर्चा गरे ।
नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री गुप्ताले नागरिकरू सबैले आ–आफ्नो जिम्मेवारी बुझेर काम गर्ने हो भने समृद्धि आउन समय नलाग्ने बताउनुहुँदै सबैले जिम्मेवारी बोध गर्नुपर्नेमा जोड दिए ।
सबै स्थानीय तहहरूमा कर्मचारी पठाउन सामान्य प्रशासन मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी पनि दिनुभएको छ । जनताको कामलाई सहज बनाउन मन्त्रालयले दिनरात खटेर काम गरिरहेको र कर्मचारी व्यवस्थान चाँडै हुने बताए ।
पोखरियामा सडक र नाला शिलान्याश
