अलपत्र विधेयकहरू चाँडै पारित हुने मन्त्री गुप्ताको जिकिर

काठमाडौ । । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार कुमार गुप्ताले अलपत्र रहेका महत्वपूर्ण विधेयकहरू अब चाँडै पारित हुने बताएका छन् ।
पर्साको वीरगञ्जमा सोमबार भएको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पर्साको १४औँ अधिवेशन उद्घाटन गर्नुहुँदै उहाँले करिब एक दशकदेखि अलपत्र पर्दै आएका सङ्घीय निजामती सेवा र शिक्षा विधेयक अब चाँडै पारित हुने जनाएका हुन् ।
वर्षौँदेखि अलपत्र रहेका ती विधेयकका करिब एक हजार ८०० उप–दफाहरूमा दफावार छलफल भइसकेको जानकारी दिददै उनले आगामी संसद अधिवेशनबाट सङ्घीय निजामती सेवा, शिक्षा र नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न तयार पारिएको विधेयक पारित गरिने बताए । यी तीनवटै विधेयक संसदबाट बहुमतले पारित हुने विश्वास समेत व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री गुप्ताले विभिन्न प्रतिक्रियावादी शक्तिहरू सलबलाउन थालेकाले नेपाली जनताले त्यस्ता तत्वहरूलाई तह लगाउने चेतावनी दिदै उनले देशमा अहिले गलत कुराको प्रचार भइरहेको छ । जो राजाले आफ्नो परिवार बचाउन सकेनन् उनले देश कसरी बचाउने ? त्यसकारण राजाबाट मुलुकमा विकास र समृद्धि सम्भव छैन ।’ अहिलेको अवस्थामा गणतन्त्रको विकल्प नरेहेको धारणा राखेका छन् ।
सामन्तवादीको आडमा अडिएको राजतन्त्र हटाएर जनताले लोकतन्त्र ल्याएको इतिहास स्मरण गराउनुहुँदै मन्त्री गुप्ताले राजाको नाममा मैदानमा उत्रिने नेताहरू लोकतन्त्रविरोधी भएको आरोपसमेत लागउँदै उनले राजदरबार हत्या काण्डपछि क्रमबद्ध राजकुमार दीपेन्द्रको निधन भएलगत्तै नेपालमा शाहवंशीय सत्ता विधिवत् रूपमा समाप्त भएको तर्क गर्नुहुँदै मन्त्री गुप्ताले भन्नुभयो, ‘कुशले बनेका राजा बोकेर हिँड्नु नैतिकताले सुहाउँदैन ।’उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *