श्रममन्त्री भण्डारीको पहलमा करार श्रमिक सामाजिक सुरक्षामा समेटिँदै
काठमाडौं । नेपालको श्रम नीतिमा एउटा ऐतिहासिक मोडको संकेत देखिएको छ—श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको पहलमा अब करारमा कार्यरत श्रमिकहरू पनि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश हुने भएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) ले बुधबार मन्त्री भण्डारीलाई भेटी श्रमिकहितमा गरेको यस नीतिगत निर्णयका लागि धन्यवाद ज्ञापन गरेको छ।…